नेयमार र मेस्सीबिनै पिएसजीकाे पाँचौं जीत

नेयमार र मेस्सीबिनै पिएसजीकाे पाँचौं जीत


स्टार खेलाडी नेयमार र लिओनल मेस्सीबिनै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार पाँचौं जीत निकालेको छ।

शनिबार राति भएको खेलमा क्लेरमोन्ट फुटलाई ४-० गोल अन्तरले पराजित गर्दै पिएसजी पाँचौं जीत निकालेको हो। 

लिगमा अपराजित यात्रा कायम गर्ने क्रममा एन्डर हरेराले दुई गोल गर्दा केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एक/ एक गोल थपे।

स्टार खेलाडी नेयमार र मेस्सी भने विश्वकप छनोट खेलेर पेरिस झरे पनि मैदान उत्रन पाएका छैनन्। 

खेलको २० र ३१ औँ मिनेटमा हरेराले लगातार गोल गर्दै पेरिसलाई २-० को अग्रता दिलाए। खेलको ५५औँ मिनेटमा एमबाप्पेले गोल गरे भने  ६५औँ मिनेटमा इद्रिस्साले गोल गर्दै पिएसजीलाई ४-० को जीत दिलाए।

जीतसँगै पिएसजीले पाँच खेलमा १५ अंक जोड्दै  शीर्ष स्थानमा छ। क्लेरमोन्ट फुट पाँच खेलमा आठ अंक जोडेर दोस्रो स्थानमा छ।न्युज कारखाना

Logo