आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल आज मंगलबार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।
लिग-२ शृंखलामा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
ओमान नेपालविरुद्ध सहज जितको खोजीमा छ भने नेपाल पनि जितकाे लक्ष्यसहित मैदानमा उत्रनेछ । ओमान १० खेलबाट १६ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ ।































प्रतिक्रिया