उज्वेकिस्तान पुगेका नेपाली टोलीको कोरोना रिपोर्ट नेगेटिभ

उज्वेकिस्तान पुगेका नेपाली टोलीको कोरोना रिपोर्ट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तानको ताश्केन्त पुगेका नेपाली टोलीका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको हो।

उज्वेकिस्तान पुगेपछि नेपाली टिमको पीसीआर गरिएको थियो। र, बुधबार आएको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएपछि अब नेपाली टिमले प्रशिक्षण थाल्ने छन्।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८ (असोज २) मा खेल्दै छनोटको सुरुवात गर्नेछ ।

यस्तै नेपालले सेप्टेम्बर २१ (असोज ५) मा दोस्रो खेल हङकङसँग खेल्नेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

Skip This
Skip This
Logo