फिफा वरियतामा नेपाल यथावत

फिफा वरियतामा नेपाल यथावत

केन्द्रबिन्दु
0
Shares

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल १ सय ६८ औं स्थानमा यथावत रहेको छ । 

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ६८ औं स्थानमै यथावत रहेको हो ।

नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ७ औं स्थानमा रहेको छ भने माल्दिभ्स १ सय ५८ औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । बंगलादेश १८९ औं, भुटान १८७ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इटाली रहेका छन् । इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिएको हो । 

त्यस्तै, अर्जेन्टिना छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् । 

 

Skip This
Skip This
Logo