रियल मड्रिड विजयी

रियल मड्रिड विजयी

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो ।  खेलको ६६ औं मिनेटमा हुगोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ८६ औं मिनेटमा भिनिसियसको गोलबाट रियल खेलमा फर्कियो । उनले बेन्जिमाको पासमा गोल गरे ।

त्यसपछि खेलको ८८ औं मिनेटमा भिनिसियसको पासमा बेन्जिमाले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

लिगमा रियलको यो चौंथो जित हो । जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Skip This
Skip This
Logo