फिलिपिन्सका बक्सर खेलाडी मेनी प्याक्याउले फिलिपिन्सको राष्ट्रपति पदका लागि उम्मेदवारी दिने भएका छन् ।
बक्सर मेनीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
मेनीले सत्तारुढ दल पीडीपी–लाबानबाट राष्ट्रपति निर्वाचनमा भाग लिने छन् ।
४२ वर्षीय मेनी फिलिपिन्सको संसदको सिनेटर रहेका छन् । उनले गरिबी र भ्रस्टाचारविरोधी अभियान चलाउने बताइएको छ ।
मेनी फिलिपिन्समा लोकप्रिय व्यक्तित्व मानिन्छन् । खेल क्षेत्रमा उनको नाम उच्च स्थानमा रहेको छ । उनले बक्सिङको फरक फरक आठ तौल समूहको उपाधि जितेका थिए ।





























प्रतिक्रिया