स्पेनिस ला लिगामा बार्सिलोनाले ग्रानडासँग खेल बराबरी गोलसहित अंक बाँडेकाे छ। । घरेलु मैदानमा बार्सिलोनाले ग्रानडासँग १–१ गोलको बराबरी खेलेको हो ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा जोगाउन नसक्दा ग्रानडा जितबाट वञ्चित बन्यो । ग्रानडाका डोमिङओस डुआर्टीले खेलको दोस्रो मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
हारतर्फ उन्मुख हुदा ९०औं मिनेटमा रोनाल्ड एराउजोले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । यो बराबरीपछि अपराजित रहेको बार्सिलोना ४ खेलबाट ८ अंक जोडेर सातौ स्थानमा छ ।





























प्रतिक्रिया