ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा राजस्थान रोयलले पन्जाब किङ्सविरुद्ध रोमान्चक जित निकालेको छ ।
दुबईमा मंगलबार राति भएको रोमान्चक खेलमा राजस्थानले पन्जाबलाई २ रनले हराएको हो । १८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८३ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, राजस्थानका बलर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाब जितबाट बन्चित भयो । पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । केएल राहुलले ४९ रन बनाए ।
यस्तै निकोलस पुरणले ३२ रन जोड्दा एडिन मार्क्रमले अविजित २६ रन बनाए । राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो । यस जितसँगै राजस्थानले ८ खेलमा ८ अंक जोडेको छ । सातौं स्थानको पन्जाबले ९ खेलमा ६ अंक जोडेको छ ।





























प्रतिक्रिया