एट्लेटिको विजयी

एट्लेटिको विजयी

केन्द्रबिन्दु
0
Shares

लुइस सुआरेज चम्किएको खेलमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई हराएको छ ।

मंगलबार राति एट्लेटिकोले गेटाफेलाई २–१ गोल अन्तरले हराएको हो । एट्लेटिकोको जितमा दुवै गोल सुआरेजले गरे ।

गेटाफेका कार्लिस एरिना ७४ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि एट्लेटिको खेलमा फर्कियो । त्यसपछि सुआरेजले लगातार दुई गोल गरे ।

सुआरेजले ७८ औं मिनेटमा बराबरी गोल गरे भने खेलको अन्तिम मिनेटमा विजयी गोल प्रहार गरे ।

जितसहित एट्लेटिकोले लिग तालिकामा एक अंकको अग्रता लिएको छ । 

Logo