मुम्बईमाथि कोलकत्ताको सहज जित

मुम्बईमाथि कोलकत्ताको सहज जित

केन्द्रबिन्दु
0
Shares

ईन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेकाे छ । 

आबुधाबीमा बिहीबार राति भएको खेलमा कोलकत्ताले साविक विजेता मुम्बईलाई ७ विकेटले हराएको हो।

मुम्बईले दिएको १५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले । नितिश राना ५ रनमा अविजित रहे।

भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । सुबमन गिल १३ तथा कप्तान इयान मोर्गन ७ रनमा आउट भए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।  

यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । कोलकत्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले २/२ विकेट लिए ।

यस जितसँगै कोलकत्ताले ९ खेलमा ८ अंक जोड्दै कोलकत्ता चौंथो स्थानमा उक्लिएको छ ।

Skip This
Skip This
Logo