चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ ।
टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो ।
विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । शाहब आलम १ रनमा अविजित रहे । यस्तै भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए । करिम जनत १९ रनमा आउट हुँदा इशान पाण्डे १० रनमा आउट भए ।
कप्तान सोमपाल कामी ९ रन, सेकुगे प्रसन्न ३ रन तथा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा पेभेलियन फर्किए ।
विराटनगरका सिकन्दर राजा र करण केसीले २÷२ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १÷१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।
यससँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ । चितवन दोस्रो स्थानमा रहेको छ । विराटनगरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।































प्रतिक्रिया