वर्षाका कारण खेल प्रभावित बनेपछि पोखरा र भैरहवाले अंक बाँडे

वर्षाका कारण खेल प्रभावित बनेपछि पोखरा र भैरहवाले अंक बाँडे


भारी वर्षाको कारण चौेंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सले अंक बाँडेका छन् । 

टियु क्रिकेट मैदानमा आइतबार भारी वर्षाको कारण पोखरा र भैरहवाको खेल नतिजाविहीन सकिएपछि एक–एक अंक बाँडेका हुन् । 

पोखराले ब्याटिङ गरिरहँदा खेल वर्षाले रोकिएको थियो । वर्षाले खेल रोकिनुअघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो ।

Logo