ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सविरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएकाे छ ।
दुबईमा आइतबार भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो ।
बैंगलोरले दिएको १६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १८ ओभर १ बलमा अलआउट हुँदै १११ रनमा समेटियो ।
यस जितसँगै बैंगलोरले १० खेलमा १२ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा रहेको छ । मुम्बई ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।































प्रतिक्रिया