बार्सिलोनाको सहज जित

बार्सिलोनाको सहज जित

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्तेमाथि जित दर्ता गरेकाे छ । आइतबार भएको खेलमा बार्सिलोनाले ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डीपे, लुक डी जोङ र अन्सु फातीले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा डीपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १४ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा फातीले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए ।

यस जितसँगै बार्सिलोनाले ६ खेलमा १२ अंक जोडेको छ । बार्सिलोना पाँचौं स्थानमा उक्लिएको छ ।

Logo