एनभीए महिला भलिबलः पुलिसलाई हराउँदै न्यू डायमन्ड सेमिफाइनलमा

एनभीए महिला भलिबलः पुलिसलाई हराउँदै न्यू डायमन्ड सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै न्यू डायमन्ड उपाधिनजिक पुगेको हो ।

न्यू डायमन्डले पुलिसमाथि १८–२५,२५–१७,२१–२५,२५–१७ र १५–१० को सेटमा जित निकाल्यो । 

अब न्यू डायमन्डले उपाधिका लागि एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Logo