आईपीएलमा पञ्जाबद्वारा कोलकाता ५ विकेटले पराजित

आईपीएलमा पञ्जाबद्वारा कोलकाता ५ विकेटले पराजित


काठमाडाैं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराएको छ।

गएराति भएको खेलमा कोलकाताले दिएको १ सय ६६ रनको लक्ष्य पञ्जाबले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।

पञ्जाबको जीतमा कप्तान केएल राहुलले ६७ रनको अर्धशतकीय इनिङ्ग्स खेले। मायाङ्क अग्रवालले ४० रन जोड्दा शाहरुख खानले अविजित २२ रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो।

Logo