साफ च्याम्पियनसिपः आज दुई खेलहरु हुँदै

साफ च्याम्पियनसिपः आज दुई खेलहरु हुँदै

केन्द्रबिन्दु
0
Shares

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन्। मालेस्थित राष्ट्रिय स्टेडियममा हुने पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ। 

आजै हुने दोस्रो खेलमा आयोजक माल्दिभ्सले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपाली समय अनुसार ९ः४५ बजे सुरु हुनेछ।

साफ फुटबलमा सर्वाधिक सफल टिम भारत पहिलो जीत निकाल्ने योजनामा रहेको छ । भारतले पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो। भारतले १ खेलमा १ अंक जोडेको छ।

यता, श्रीलंका पनि पहिलो जीतको खोजीमा हुनेछ। श्रीलंकाले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो। पहिलो खेलमा बंगलादेशसँग पराजित श्रीलंका दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो। श्रीलंकाले दुई खेलमा अंक जोड्न सकेको छैन।

यता, माल्दिभ्स आज पहिलो जीतको खोजीमा हुनेछ। माल्दिभ्स पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। माल्दिभ्सले अंक जोड्न सकेको छैन। बंगलादेश भने दोस्रो जीतको खोजीमा हुनेछ। बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। दोस्रो खेलमा भने भारतसँग रोमान्चक बराबरी खेलेको थियो। बंगलादेश २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

Skip This
Skip This
Logo