क्यानले एक हप्ताभित्र मुख्य प्रशिक्षकको दरखास्त आह्वान गर्ने

क्यानले एक हप्ताभित्र मुख्य प्रशिक्षकको दरखास्त आह्वान गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान) ले एक हप्ताभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्ने भएको छ। 

बिहीबार बसेको क्यानको बोर्ड बैठकले रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि एक साताभित्र १५ दिनको म्याद राखेर दरखास्त आह्वान गर्ने निर्णय गरेको हो।

मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको छ। ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन्।

६७ वर्षीय ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर, उनले ८ महिना नबित्दै राजीनामा दिएका थिए।

Skip This
Skip This
Logo