माल्दिभ्समा चलिरहेको साफ च्याम्पियनसिप फुटबलमा आज राति नेपाल र भारतबीच प्रतिश्पर्धा हुने भएकाे छ।
खेलअघि शनिबार भएको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको खेल नेपाललाई कठिन हुन सक्ने बताए।
७ पटकको च्याम्पियन भारत दक्षिण एशियाकै उत्कृष्ट टिम भएको भन्दै उनले यो खेलमा नेपालले जित्ने संभावना न्युन रहेको बताएका छन्।
कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप जित्ने सपना साकार बनाउन भारतविरुद्धको खेल महत्वपूर्ण रहेको बताए।
साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो। पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।
नेपालले भने लगातार दुई खेल जितेको छ। पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो। नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ।
भारत २ अंक जोडेर चौंथो स्थानमा छ। लगातारको दुई जीतले नेपाल फाइनल नजिक रहेको छ। तर भारतलाई भने फाइनल पुग्न अबको बाँकी दुई खेल जित्नै पर्ने दबाब छ।
फाइल फाेटाे





























प्रतिक्रिया