जुडो च्याम्पियनसिपका लागि ४ खेलाडी छनोट

जुडो च्याम्पियनसिपका लागि ४ खेलाडी छनोट

केन्द्रबिन्दु
0
Shares

एसियन/ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि ४ जुडो खेलाडी छनोट शनिबार भएका छन्। 

नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान २–२ पुरुष/महिला गरी ४ खेलाडी छनोट भएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन्।

नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र ६० केजीमुनि सुबोध मण्डल छनोट भए।

महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ र ४८ केजीमा निशा श्रेष्ठ छानिए। चारै खेलाडी बन्दी सहायता गृह (पाम) का खेलाडी हुन्। च्याम्पियनसिप लेबननमा डिसेम्बर २ देखि ५ तारिखसम्म सञ्चालन हुनेछ।

Logo