इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेलमा कोलकत्ता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नई सुपर किंग्स चौंथो पटक च्याम्पियन बनेको छ।
दुबईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनलमा टस हारेर सुरुआती ब्याटिङ गरेको चन्नईले कोलकत्तालाई १९३ रनको लक्ष्य दिएको थियो।
चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ८६ रन जोडका थिए। त्यस्तै मोइन अलिले ३७, ऋतुराज गाइक्वाडले ३२ र रोविन उथप्पाले ३१ रन जोडे।
कोलकत्ताले २० ओभर पुरा खेल्दै ९ विकेटको क्षतिमा १६५ रन मात्र जोड्न सक्यो। कोलकत्ताका लागि शुभमन गिलले ४३ बल खेल्दै सर्वाधिक ५१ रन जोडे। वैंकटेश अय्यरले ५०, शिवम मावी २०, लाकी फर्ग्युसनले १८ रन जोडे। अन्य खेलाडीहरूले दोहोरो अंक जोड्न सकेनन्।
चेन्नई पहिलो क्वालिफायर खेलमा दिल्लीलाई हराउँदै फाइनलमा पुगेको थियो भने कोलकत्ता पनि दोस्रो क्वालिफायर खेलमा दिल्लीलाई नै हराउँदै फाइनलमा स्थान बनाउन सफल रहेको थियो।
आईपीएलमा यसअघि चेन्नईले तीन पटक उपाधि हात पारिसकेको छ।































प्रतिक्रिया