आईसीसी टी-ट्वान्टी विश्वकपः नामिबियासँग नेदरल्यान्ड्स ६ विकेटले पराजित

आईसीसी टी-ट्वान्टी विश्वकपः नामिबियासँग नेदरल्यान्ड्स ६ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ।

आबुधाबीमा गएराति भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै पहिलो जीत दर्ता गराएको छ। पहिलो खेलमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो।

नेदरल्यान्ड्सले दिएको १६५ रनको लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नामिबियाको जीतमा डेविड विजले अविजित रहँदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान गेर्हार्ड इरास्मसले ३२ रन बनाउँदा स्टेफेन बार्डले १९ रन बनाए।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन, कोलिन, टिम भान डेर र पिटर सिलारले एक। एक विकेट लिएका थिए।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनाएको थियो। नेदरल्यान्ड्सका म्याक्स ओ’डोडले ७० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीका लागि जीत दिलाउन सकेनन्। नामिबियाका जान फ्राईलिंकले २ विकेट लिए। जीतसँगै नामिबियाको सुपर-१२ मा पुग्ने सम्भावना कायमै छ।

Logo