युरोपा कन्फरेन्स लिगअन्तर्गत भिटेसेले इङ्लिस प्रिमियर क्लब टोटनहममाथि जीत हासिल गरेको छ। बिहीबार राति भएको खेलमा भिटेसेले टोटनहममाथि १-० गोल अन्तरको जीत हासिल गरेको हो।
भिटेसको जीतमा म्याक्सीमिलियन विटेकले दोस्रो हाफमा निर्णायक गोल गरे।
हारपछि टोटनहम तीन खेल चार अंकसहित तेस्रो स्थानमा छ। सात अंक जोडेको रेनेस शीर्ष स्थानमा रहँदा ६ अंकका साथ भिटेसे दोस्रो स्थानमा छ। अंकको खाता खोल्न नसकेको मुरा पुछारमा छ।































प्रतिक्रिया