मैत्रीपूर्ण फुटबलः इण्डोनेसियाविरुद्ध नेपालकाे यस्ताे छ तयारी

मैत्रीपूर्ण फुटबलः इण्डोनेसियाविरुद्ध नेपालकाे यस्ताे छ तयारी

केन्द्रबिन्दु
0
Shares

एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू- २३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। 

ताजकिस्तानमा हुन लागेको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुवाती ११ सार्वजनिक गरेका छन्। 

नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गर्नेछन्। यस्तै, इण्डोनेसियाविरुद्ध नेपाली टोलीको आक्रामण लाइन अभिषेक रिजालसँगै मनिष डाँगी र आयुष घलानले सम्हाल्नेछन्। 

नेपालले एएफसी एसियन कप छनोटमा समूह 'बी'मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ। 

नेपाली टोली

गोलरक्षक- अर्पण कार्की (कप्तान)
डिफेण्डर- सुमन अर्याल, अभिषेक लिम्बू, सुुरज जिउ ठकुरी, गौतम श्रेष्ठ
मिडफिल्डर- रोशन पहाडी, नितिन थापा, आयुष घलान, दर्शन गुरुङ, मनीष डाँगी
स्ट्राइकर- अभिषेक रिजाल 

Skip This
Skip This
Logo