विश्वकप क्रिकेट: अस्ट्रेलियाको विजयी सुरुआत

विश्वकप क्रिकेट: अस्ट्रेलियाको विजयी सुरुआत

केन्द्रबिन्दु
0
Shares

आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ। शनिबार भएको सुपर–१२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो।

दक्षिण अफ्रिकाले दिएको एक ११९ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेटको गुमाएर पूरा गर्‍यो।

अस्ट्रेलियाको जितमा स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए। यस्तै मार्कुस स्टोइनिसले २४ रन जोड्दा ग्लेन म्याक्सवेलले १८ र म्याथु वेडले १५ रनको योगदान गरे।

दक्षिण अफ्रिकाका एनरिक नर्टजीले दुई विकेट लिँदा कागिसो रवाडा, केसव महाराज र तवरेज साम्सीले समान १/१  विकेट लिए।

यसअघि अबुधाबीमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै ११८ रनको योगफल बनायो। दक्षिण अफ्रिकाका आइदेन मार्करामले सर्वाधिक ४० रन जोडे । त्यस्तै कगिसो रवाडाले १९ र डेभिड मिलरले १६ रन बनाए। 

अस्ट्रेलियाका मिचेल स्टार्क, जोस हेजलउड र एडम जाम्पाले समान दुई विकेट हात पारे। 

Skip This
Skip This
Logo