एपीएफ र पुलिस तथा बागमती र आर्मीबीच सेमिफाइनल भीडन्त

एपीएफ र पुलिस तथा बागमती र आर्मीबीच सेमिफाइनल भीडन्त

केन्द्रबिन्दु
0
Shares

एपीएफ क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।योसँगै पीएम कपको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार समूह चरणका अन्तिम दुई खेल भएपछि सेमिफाइनलमा पुग्ने ४ वटै टिमकाे टुङ्गो लागेको हो ।

समूह ए बाट विभागीय क्लबद्वय एपीएफ र त्रिभुवन आर्मी तथा समूह बी बाट बागमती प्रदेश र साविक विजेता नेपाल पुलिस क्लब सेमिफाइनल पुगेका हुन् । एपीएफ समूह ए को विजेता बन्दा आर्मी समूह बी को उपविजेता बन्यो ।

यस्तै बागमती समूह बी को विजेता बन्दा पुलिस समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । अब पहिलो सेमिफाइनलमा एपीएफ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ भने दोस्रो सेमिफाइनल बागमती र आर्मीबीच हुनेछ ।

Logo