जुमानु राईको दुई गोलले खुमलटारकाे जीत

जुमानु राईको दुई गोलले खुमलटारकाे जीत

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय फुटबल टोलीका सदस्य जुमानु राईको दुई गोल प्रेरित एफई खुमलटार भेट्रान्स क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा ललितपुर वडा नम्बर-१४ लाई पराजित गरेको छ। 

आइतबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले लतिलपुर वडा नम्बर-१४ लाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। 

ललितपुरको लागि जुमानुले दुई गोल गरे। यस्तै राजकुमार घिरिङ र रितेश खड्काले एक-एक गोल गरे। खुमलटारका विनोद खड्कीले आत्मघाती गोल गरे। 

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका जुमानु खेलको म्यान अफ दि म्याच जुमानु राई घोषित भए।

प्रतियोगितामा सहभागी २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन्।

प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार पाउनेछन्।

Skip This
Skip This
Logo