हेमन्त थापा मगरले गरे थ्रीस्टारसँग सम्झौता

हेमन्त थापा मगरले गरे थ्रीस्टारसँग सम्झौता

केन्द्रबिन्दु
0
Shares

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)  का स्वर्ण  पदक विजेता टोलीका महत्त्वपूर्ण सदस्य हेमन्त थापा मगर शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न थ्रीस्टारसँग अनुबन्धित भएका छन्।
 
ललितपुरको थ्रीस्टारले आइतबार मिडफिल्डर हेमन्तलाई क्लबमा अनुबन्ध गरिएको जनाएको छ। हेमन्तले क्लबसँग दुई वर्षको सम्झौता गरेका हुन्। हेमन्तले थ्रीस्टारमा ७ नम्बरको जर्सी लगाउने छन्। एन्फा एकेडेमीका हेमन्तले राष्ट्रिय टिमबाट यू-१३, यू-१४ र यू-१६ खेलिसकेका छन्।

गत सिजन हेमन्तले च्यासल युथ क्लबबाट खेलेका थिए। याे सिजन उनले थ्रीस्टार क्लब रोजेका हुन्। २९ कात्तिकबाट सुरु हुने लिगका लागि थ्रीस्टारले यसअघि नै अनन्त तामाङ, आयुष घलान, बिक्रम लामासँग सम्झौता गरिसकेको छ। थ्रीस्टारको प्रशिक्षकमा यसपटक उर्जन महर्जन रहनेछन्।

Logo