आइसिसीटी-२० विश्वकपः नामिबियाको पहिलो जीत, स्कटल्यान्ड ४ विकेटले पराजित

आइसिसीटी-२० विश्वकपः नामिबियाको पहिलो जीत, स्कटल्यान्ड ४ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

नामिबियाले आइसिसीटी-२० विश्वकप सुपर १२ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ। 

बुधबार सुपर १२ को समूह-२ को खेलमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो। जीतका लागि ११० रनको लक्ष्य पाएको नामिबियाले १९ ओभमर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्‍याे।  

नामिबियाकाे जीतमा जेजे स्मित सर्वाधिक ३२ रनमा अविजित रहे। ओपनर क्रेरग विलियम्स २३ र माइकल भ्यान लिङ्गेनले १८ रन बनाए। 

त्यसअघि आबूधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनाएको थियो। स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४४ रनको योगदान दिए। क्रिस ग्रीभ्स २५ र म्याथ्यु क्रस १९ रन बनाए। 

नामिबिया रुबेन ट्रम्पलम्यानले सर्वाधिक ३ विकेट लिए। जन फिंलिकले २, जेजे स्मित र डेविड विसेले समान १ विकेट लिए।

नामिबिया सुपर–१२ को समूह  २ मा सुरुवाती २ अंक जोड्दै तेस्रो स्थानमा छ। समूह १ मा इंग्ल्यान्ड २ खेल ४ अक बनाउँदै शीर्ष स्थानमा छ। 

Skip This
Skip This
Logo