फुटसल कमिटीको लोगो डिजाइन गर्नेले ३० हजार पाउने

फुटसल कमिटीको लोगो डिजाइन गर्नेले ३० हजार पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल कमिटी र फुटसल लिगको प्रतीक चिन्ह (लोगो) बनाउन सार्वजनिक सूचना निकालेको छ । खुल्ला प्रतिस्पर्धाबाट लोगो छनोट गर्न एन्फाले सोमबार सार्वजनिक सूचना निकालेको हो ।

एन्फाले लोगो डिजाइनको लागि फेबु्रअरी १५ सम्मको समय तोकेको छ । एन्फाले फेब्रुअरी १५ भित्र आएका मध्ये उत्कृष्ट एक लोगोलाई छनोट गर्नेछ । जुन लोगो एन्फाले आधिकारिक रुपमा प्रयोग गर्नेछन् । एन्फाले फुटसल कमिटीको लोगो बनाउनेलाई ३० हजार रुपैयाँ दिनेछ । यस्तै फुटसल लिगको लोगो बनाउनेलाई २५ हजार दिनेछ ।

एन्फाले लोगो डिजाइनको लागि मापदण्ड समेत तोकेको छ । लोगो जीवन्त, आकर्षक हुनुको साथै फुटसलको प्रतीक झल्कनु पर्नेछ । यस्तै लोगो अन्तराष्ट्रिय स्तरको हुनु पर्नेछ । लोगोमा कपीराइट लाग्ने कुराहरु प्रयोग गर्न पाइने छैन । त्यस्तै डिजाइन गरिसकेको लोगो उच्च क्वालिटीको हुनुका साथै वाटरमार्क राख्न पाइने छैन ।

Logo