राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै शनिबार नेपाल आइपुगेका छन्। 

१० कात्तिक (बुधबार) प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई "मेन्सन" गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए।

त्यसपछि अब्दुल्लाह आज अन्तरास्ट्रिय बिमानस्थल झरेका हुन्। अब्दुल्लाहलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरे। 

'डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु। एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु',  उनले लेखेका थिए। 

अब्दुल्लाहको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपबिजेतामा सिमित भएको थियो। फाइनल अघिनै राजिनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका थिए।  त्यस यता उनी पहिलो पटक नेपाल झरेका हुन्। 

यद्यपि एन्फाले तीन वर्षको सम्झौता बारेमा हालसम्म  कुनै पनि आधिकारिक धारणा राखेको छैन। 

Skip This
Skip This
Logo