‘किड ट्राइथलन’काे उपाधि जाडेन र आजमीलाई

‘किड ट्राइथलन’काे उपाधि जाडेन र आजमीलाई

केन्द्रबिन्दु
0
Shares

जाडेन श्रेष्ठ पुरुष र आजमी सेरचन महिलातर्फ लिटल डल्फिन्स् प्रा.लि. किड्स ट्राइथलनको उपाधि हात पार्न सफल भएका छन्।

स्कुलस्तरदेखि नै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राइथलन खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल ट्राइथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राइभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि.मि. साइक्लिङ र १.५ कि.मि. दौड २० मिनेट ५१.६१ सेकेन्डमा पूरा गर्दै उपाधि उचालेका हुन्। 

यस्तै आजमीले उक्त दूरी २३ मिनेट १८.१० सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेकी हुन्। विजयी खेलाडीहरूले प्रमाण पत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे। कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाइजतर्फ अथर्व सिंहले दोश्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे। सिंहले उक्त दूरी २१ मिनट, १२.७२ सेकेन्ड र श्रेष्ठले २२ मिनट, १७.२० सेकेन्डमा पूरा गरे। 

यस्तै गर्ल्सतर्फ परिधि भण्डारीले २५ मिनेट १७.१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२.५४ सेकेन्डमा दूरी पूरा गर्दै दोश्रो र तेश्रो स्थान हात पारे। दोश्रो र तेश्रो स्थान हात पार्ने खेलाडीहरूले मेडल, प्रमाणपत्रका साथै पाँच हजार र तीन हजारको गिफ्ट भौचर प्राप्त गरे।

प्रतियोगितामा ब्वाइजतर्फ जोर्डन श्रेष्ठ र गर्ल्सतर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए। उनीहरूले तीन हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे।

विजयी खेलाडीहरूलाई काठमाडाैं महानगरपालिका-५ का अध्यक्ष रमेश डंगाेल, नेपाल ओलम्पिक कमिटीका महासचिव एवं नेपाल ट्राइथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा २२ पुरुष र ७ महिलाको सहभागिता थियो।

Skip This
Skip This
Logo