खेलकुद मन्त्री गहतराजद्वारा प्रशिक्षक अल्मुताइरीलाई स्वागत

खेलकुद मन्त्री गहतराजद्वारा प्रशिक्षक अल्मुताइरीलाई स्वागत

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले स्वागत गरेका छन् । 

आइतबार मन्त्री गहतराजले मन्त्रालयमा एक कार्यक्रम गर्दै प्रशिक्षक अब्दुल्लाहलाई नेपालमा स्वागत गरेका हुन् । 

नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाह हिजो (शनिवार) नेपाल झरेका थिए । 

बंगलादेशसँग बराबरी खेल्दै २८ वर्षपछि नेपाल फाइनलमा पुग्दा प्रशिक्षक अब्दुल्लाहले  राजीनामा दिएका थिए । सोही दिन उनले नेपालसमेत नजाने बताएका थिए । 

फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित हुँदै पहिलो पटक उपाधि हात पार्न वञ्चित भएको नेपाली टोली स्वदेश फर्कँदा प्रशिक्षक अब्दुल्लाह भने कतार नै बसेका थिए । 

फाइनल लगत्तै पुनः नेपाल फर्कंन तयार रहेको बताएका अब्दुल्लाहले गत १० गते (बुधवार) एन्फासँग आफूले तीन वर्ष रहने निर्णय भएको सामाजिक सञ्जालबाट बताएका थिए । यस विषयमा एन्फाले भने कुनै पनि आधिकारिक धारणा राखेको छैन । न्युज कारखाना

Logo