महिला लिग फुटबल : चन्द्रपुरको पहिलो जित

महिला लिग फुटबल : चन्द्रपुरको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ७–१ गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले पहिलो जित निकालेको हो ।

चन्द्रपुरको जितमा सबिता राना मगरले ह्याट्रिक गरिन् । यस्तै रजनी थोकरले दुई गोल गरिन् । दिल कुमारी राना मगर र सुनिता भोलानले एक एक गोल गरिन् । भने, चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काइन् ।

चन्द्रपुरका मुख्य प्रशिक्षक नुरराज काफ्लेले विपक्षी टिममा स्टार खेलाडी नभएका कारण जीत निकाल्न सहज भएको बताए । यस्तै चौदण्डीका मुख्य प्रशिक्षक दिपक थापाले सामान्य गल्तिका कारण हार व्यहोर्नु परेको बताए ।

Logo