आईसीसी टी-ट्वान्टी विश्वकप: अपराजित रहँदै पाकिस्तान सेमिफाइनलमा

आईसीसी टी-ट्वान्टी विश्वकप: अपराजित रहँदै पाकिस्तान सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

लगातार चौथो जीत निकाल्दै पाकिस्तान आईसीसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।  मंगलबार भएको सुपर–१२ को समूह–२ मा पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो। 

जीतका लागि १९० रनको  लक्ष्य पाएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा सीमित भयो। नामिबियाका लागि डेविड विसे सर्वाधिक ४३ रनमा अविजित रहे। क्रेग विलियम्सले  ४० रनको योगदान दिए।

ओपनर स्टेफन ब्रान्ड सर्वाधिक २९ रन बनाए । कप्तान गेरहार्ड इरास्मसले १५ रनको योगदान गरे। 

पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १-१ विकेट लिए।

यसअघि आबूधाबीमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो। 

पाकिस्तानका ओपनर मोहम्मद रिजवान सर्वाधिक ७९ रनमा अविजित रहे । कप्तान बाबर आजमले ७० रनको योगदान दिए। 

समूह–२ मा पाकिस्तान ४ खेलमा शतप्रतिशत जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ। अफगानिस्तान दोस्रो स्थानमा छ। न्युजिल्याण्ड तेस्रो स्थानमा रहँदा नामिबिया चौथो स्थानमा छ। समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौ र छैटौ स्थानमा छन्।

समूह–१ मा  इंग्ल्यान्ड ४ खेलमा ४ जीतका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ। दक्षिण अफ्रिका दोस्रो स्थानमा छ। अष्ट्रेलिया तेस्रो स्थानमा रहँदा श्रीलंका  चौथो स्थानमा छ। वेस्टइन्डिज पाँचौं स्थानमा रहँदा बंगलादेश पुछारमा छ।

Logo