भूतपूर्व खेलाडीमञ्चले आयोजना गर्दै सफल पोखरा म्याराथन फागुन ७ गतेदेखि हुने भएको छ।
पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै १६ औं म्याराथन आागामी फागुन ७ गते हुने बताएको हो। यो संस्करणदेखि प्रतियोगिताका बिजेताले पाउने नगद पुरस्कारको रकम पनि बढेको छ। बढेको पुरस्कार अनुसार प्रथम हुनेले ४ लाख पाउनेछन् भने उपबिजेतालाई २ लाख, तेश्रोलाई १ लाख र चौंथोलाई ३० हजार पुरस्कार दिइने आयोजकले बताएको छ।
अघिल्लो संस्करणमा प्रथम पुरस्कार २ लाख थियो। नेपालको म्याराथनमा यो नै सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिता हो। प्रतियोगितामा १० किमी पुरुष तथा महिला, ५ किमी छात्रछात्रा, ह्वील चियर र दृष्टीबिहिन दौड हुने पत्रकार सम्मेलनमा अध्यक्ष हरि पराजुलीले बताए।
प्रतियोगितालाई सुजल डेरीले आगामी ३ वर्षसम्म प्रायोजन गर्ने भएको छ। अघिल्लो वर्ष प्रतियोगिताको लागि सुजल डेरीले साढे ४ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने आगामी वर्षदेखि सम्झौता भएको रकममा वर्षेनी १० प्रतिशत रकम बढाउने सहमति पनि भएको छ।































प्रतिक्रिया