म्यानचेस्टर सिटीको जीत, पीएसजी रोकियो

म्यानचेस्टर सिटीको जीत, पीएसजी रोकियो

केन्द्रबिन्दु
0
Shares

युईएफए च्याम्पियन्सलिग अन्तर्गत समूह ‘ए’ को खेलमा म्यानचेस्टर सिटीले जीत हात पार्दा पेरिस सेण्ड जर्मेन (पीएसजी) भने बराबरीमा रोकिएको छ। 

बुधबार राति भएको फरक खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले बेल्जियम शीर्ष क्लब ब्रगलाई ४–१ गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा पुगेको हो।  

घरेलु मैदान इतिहादमा सिटीलाई जीत दिलाउन फिल फोडेन, रियाद माहरेज, रहिम स्टर्लिङ र गाब्रियल जेसुसले एक एक गोल गरे। सिटीकै जोन स्टोनिसले आत्मघाती गोल गरे। 

यता, समूह ‘ए’ कै अर्काे खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन बुण्डेसलिगा आरबी लाईपजिगसँग २–२ को बराबरीमा रोकियो। 

स्टार खेलाडी लियोनल मेस्सी बिना मैदान उत्रिएको पीएसजी २–१ को अग्रता जोगाउन नसक्दा अन्तिम समयमा बराबरीमा रोकियो। पीएसजीको लागि जर्जिनिओ विज्नाल्डुमले दुई गोल गरे। यता, लाईपजिगको लागि क्रिस्टोफर नकुन्कु र डोमिनिक सजोबोक्जिअलले पेनाल्टी गोल गरे। 

खेलसँगै समूह ‘ए’ मा सिटी ४ खेलबाट ९ अंकसहित शीर्षस्थानमा छ। २ जीत र २ बराबरसहित अपराजित रहेको पीएसजी ८ अंकका साथ दोस्रो स्थानमा छ। 

यता, ४ अंक जोडेको क्लब ब्रग तेस्रो स्थानमा रहँदा एक अंक जोडेको लाईपजिग पुछारमा छ।

Skip This
Skip This
Logo