एसिया विश्वकप छनोट: इरान, जापान र दक्षिण कोरिया विजयी

एसिया विश्वकप छनोट: इरान, जापान र दक्षिण कोरिया विजयी

केन्द्रबिन्दु
0
Shares

कतार विश्वकप छनोटअन्तर्गत एसिया छनोटको खेलमा बलिया इरान, जापान र दक्षिण कोरिया विजयी भएका छन्। 

बिहीबार भएको खेलमा हि–चान ह्वाङले गरेको गोलमा दक्षिण कोरियाले युनाइटेड अरब इमिरेट्स(युएई)लाई १–० गोल अन्तरले हरायो। खेलको ३६ औं मिनेटमा ह्वाङले पेनाल्टीमा गरेको गोल नै निर्णायक गोल रह्यो। 

समूह ‘ए’ कै अर्को खेलमा इरानले लेबनानमाथि २–१ ले विजय हासिल गर्‍यो। एक शून्यले पछाडि परेको इरानले इन्जुरी समयमा दुई गोल गरेपछि महत्त्वपूर्ण तीन अंक जोडेको हो।

लेबनानले सूनी सादको गोलबाट ३७औं मिनेटमा अग्रता लिएको थियो। तर सरदार अजमौन र अहमद नौरोल्लाहीले इन्जुरी समयमा गोल गरेपछि इरान विजयी भएको हो। 

तेस्रो चरणको जीतसँगै समूह ‘ए’ मा रहेको कोरियाले पाँच खेलबाट ११ अंक जोडेको छ। जुन शीर्ष स्थानको इरानभन्दा दुई अंकले पछाडि हो। इरानको १३ अंक छ। पराजित लेबनानको पाँच अंक छ भने युएईको तीन अंक छ। 

बिहीबार नै समूह ‘बी’ रहेको जापानले भियतनामलाई १–० गोल अन्तरले हरायो। जापानको जीतमा जुन्या इटोले १७औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। 

जीतपछि जापानले पाँच खेलबाट ९ अंक जोडेको छ। जुन शीर्ष स्थानको साउदी अरेबियाको भन्दा चार अंकले पछाडि हो भने दोस्रो स्थानको अस्ट्रेलियाभन्दा एक अंकले पछाडि हो। 

अस्ट्रेलियनै भएको खेलमा अस्ट्रेलियाले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेको थियो। 

Skip This
Skip This
Logo