‘नम्बर वान’ ब्याट्सम्यान वार्नर, जो क्रिकेटका लागि पत्रिका बाँड्ने

‘नम्बर वान’ ब्याट्सम्यान वार्नर, जो क्रिकेटका लागि पत्रिका बाँड्ने

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आइपिएल) आईसीसी टी-२० विश्वकप २०२१ अघि खेलिएको थियो। अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर पनि आईपीएलको १४औँ सिजनमा सहभागी थिए। उनी सनराइजर्स हैदरावाद टिमका कप्तानसमेत थिए। 

तर, आफ्नो र टोलीको खराब प्रदर्शनका कारण कप्तानी छोड्न उनी बाध्य भए। एसआरएचको कप्तानी केन विलियम्सनलाई दिइएको थियो। यूएईमा भएको आइपिएल २०२१ को दोस्रो लिगमा पनि उनी आफैँ टोलीबाट बाहिरिएका थिए। 

फर्म अस्थायी, तर क्लास स्थायी हुन्छ भन्ने विषयलाई वार्नरले प्रमाणित गरे। बायाँ हाते ब्याट्सम्यान वार्नर आफूलाई टोलीबाट हटाएकोमा निराश थिए। तर, उनले आफू र आफ्नो टोलीका साथीहरूलाई आफू ठूलो खेल विजेता भएकोमा विश्वास गरे।

यो कुरा उनले टी-२० विश्वकपमा प्रमाणित गरे। अस्ट्रेलियालाई पाकिस्तानविरुद्धको सेमिफाइनल र न्युजिल्यान्डविरुद्धको फाइनलमा जित दिलाउन डेभिड वार्नरको महत्त्वपूर्ण भूमिका थियो। उनले पाकिस्तानविरुद्ध ४९ रन र न्युजिल्यान्डविरुद्ध ५३ रन बनाएर टोलीलाई पहिलो टी-२० विश्वकपको उपाधि दिलाएका थिए। 

दुवै खेलमा ‘प्लेयर अफ द म्याच’को उपाधि जित्न नसके पनि उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। वार्नरले टी-२० विश्वकपका सात खेलमा २८९ रन बनाउन सफल भएका छन्। उनले तीन अर्धशतक बनाए। 

उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी नभए पनि उनले बनाएका रन टोलीका लागि महत्त्वपूर्ण समयमा काममा आए।  यही कारण आईसीसी प्यानलले उनलाई आईसीसी प्लेयर अफ द टुर्नामेन्टको उपाधिबाट सम्मान गर्ने निर्णय गरेको थियो। वार्नर यस प्रतियोगितामा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडी पनि थिए। वार्नरले टी-२० विश्वकपमा ३२ चौका र १० छक्का प्रहार गरेका थिए।

को हुन् डेभिड वार्नर?

डेभिड वार्नरको नाम डेभिड एन्ड्रीभ हो। मानिसहरूले उनलाई लोड, क्यानन, पकेट साइज डायनामो, मेरियो भनेर पनि चिन्छन्। उनको जन्म २७ अक्टोबर १९८६ मा अस्ट्रेलियाको सिड्नीमा रहेकाे प्याडिङटनमा भएको थियो।

वार्नरको परिवार एक गरिब परिवार थियो। जस कारण वार्नरले आफ्नो बाल्यकालमा धेरै कठिनाइको सामना गरे। उनका बुवा होवार्ड वार्नर मेसिनरी पसलमा काम गर्थे। वार्नरको ध्यान पढाइमा कम थियो। वार्नरको कक्षा १२ सम्मको पढाइ सिड्नी सहरमै भएको थियो। 

वार्नरको परिवार निकै गरिब परिवार थियो। जस कारण उनले आफ्नो क्रिकेट खेल्ने सपना पूरा गर्न सकेनन्। उनलाई घरबाट पढ्न आग्रह गरिन्थ्यो। तर, उनको ध्यान क्रिकेट खेल्नतिर थियो। छोराका इच्छा पूरा गर्न उनका बुवाले प्लास्टिकको ब्याट किनिदिएका थिए। ब्याट भाँचियो भने नयाँ नकिन्ने बुवाको कुरा उनको मानसपटलमा रहिरहन्थ्यो। त्यसैले होला उनी ब्याटको हेरचाह गरिरहन्थे। वार्नरले आफ्नो बाल्यकालमा परिवारबाट कुनै पकेट मनी पाएनन्। जस कारण वार्नर हप्ताको अन्तिम दिन विद्यालय जाँदैनथे। त्यसपछि उनी पत्रिका बाँड्ने गर्थे र स्कुलको समय र हरेक क्रिसमसका लागि पैसा उठाउने गर्थे। 

वार्नरको क्रिकेट करियर

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैं वार्नर लगातार आफ्नो ब्याटिङमा फोकस गर्थे। उनको ब्याटिङलाई उत्कृष्ट बनाउन वार्नरका प्रशिक्षकले पनि कडा मेहनत गरेका थिए। १३ वर्षको उमेरमा वार्नरका प्रशिक्षकले उनलाई देब्रे हातले ब्याटिङ गर्न भनेका थिए। जस कारण उनको ब्याटिङ राम्रो हुँदै गइरहेको थियो। यद्यपि, उनले एक सिजनपछि बायाँ हाते ब्याटिङमा फर्किए र सिड्नी कोस्टल क्रिकेट क्लबबाट खेले। उनले सन् २००९ मा प्रथम श्रेणी क्रिकेट खेल्ने मौका पाए। उनले न्यू साउथ वेल्सबाट प्रथम श्रेणी क्रिकेट खेले। यससँगै वार्नरले फर्स्ट क्लास क्रिकेटमा कडा मेहनत गरिरहे। 

वार्नरको विस्फोटक ब्याटिङका कारण उनले अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने अवसर पाए।  उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल टी-२० खेलका रूपमा खेले। उनले आफ्नो पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध मेलबर्न क्रिकेट मैदानमा ११ जनवरी २००९ मा खेलेका थिए।  त्यसपश्चात् भने उनले पछाडि फर्केर हेर्नु परेन। 

टी-२० मा वार्नरले अहिलेसम्म लगातार प्रदर्शन गर्दै आएका छन् भने उनी टी-२० मा अस्ट्रेलियाबाट ओपनिङ गर्दै आएका छन्। अस्ट्रेलियाका लागि ओपनिङमा वार्नर पहिलो रोजाइमा छन्। उनले आफ्नो एक दिवसीय करियर पनि दक्षिण अफ्रिकाविरुद्ध नै सुरु गरेका थिए। उनले १८ जुन २००९ मा डेब्यू गरेका थिए। जहाँ वार्नरले पहिलो खेलमा ओपनिङ गर्ने मौका पाए। उनी ५ रन बनाएर डेल स्टेनको शिकार बने। यद्यपि डेभिड वार्नरले पछिल्ला खेलमा राम्रो प्रदर्शन गरेर टोलीमा निरन्तर स्थान बनाइरहेका छन्। 

टी-२० र वानडेमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले टेस्ट क्रिकेट खेल्ने मौका पाए। उनले आफ्नो पहिलो टेस्ट खेल १ डिसेम्बर २०११ मा न्युजिल्यान्डविरुद्ध गाब्बा क्रिकेट मैदानमा डेब्यू गरेका थिए। जहाँ उनले ओपनिङ गर्ने मौका पाए। पहिलो इनिङ्समा उनको प्रदर्शन खराब रह्यो भने दोस्रो इनिङ्समा पनि उनले १२ रन मात्रै बनाउन सके। तर, अस्ट्रेलियाले न्युजिल्यान्डलाई ९ विकेटले पराजित गर्न सफल भयो।  न्युज कारखाना

Skip This
Skip This
Logo