खेलाडी वर्गीकरणबारे असन्तुष्ट ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरलाई क्यानले सोध्यो स्पष्टीकरण

खेलाडी वर्गीकरणबारे असन्तुष्ट ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरलाई क्यानले सोध्यो स्पष्टीकरण

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी वर्गीकरणबारे असन्तुष्टि जनाउने कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरलाई स्पष्टीकरण सोधेको छ।

खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै क्यानले कप्तान मल्लसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको हो। 

कप्तान मल्लसहित उनीहरूले १७ कात्तिकमा खेलाडीको वर्गीकरणका विषयमा असन्तुष्टि जनाएका थिए। 

सार्वजनिक रूपमा खेलाडी वर्गीकरणका विषयमा अभिव्यक्ति दिएको भन्दै उनीहरूसँग चार दिनअघि क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले स्पष्टीकरण सोधेका हुन्।

Skip This
Skip This
Logo