सूर्यकुमारको अर्धशतकमा भारतद्वारा न्युजिल्याण्ड पराजित

सूर्यकुमारको अर्धशतकमा भारतद्वारा न्युजिल्याण्ड पराजित

केन्द्रबिन्दु
0
Shares

सूर्यकुमार यादवको अर्धशतकमा भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको छ। योसँगै घरेलु टोली भारतले तीन टी-२० शृंखलामा १-० को अग्रता लिएको छ।

जितका लागि १६५ रनको  लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे। भारतको जितमा सूर्यले ४० बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रन बनाए। कप्तान रोहित शर्माले ४८ रन बनाउँदा ऋषभ पन्तले १७ रनको योगदान दिए।  

न्युजिल्याण्डका बलर ट्रेन्ट बोल्टले २ विकेट लिए। टिम साउथी, मिचेल सान्टनर र डर्याल मिचेलले १/१  विकेट लिए।

यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। 

न्युजिल्यान्डका ओपनर ब्याटर मार्टिन गुप्टिलले सर्वाधिक ७० रन बनाए। मार्क च्यापम्यानले  ६३ रनको योगदान दिए। 

भारतका बर रविचन्द्रन आश्विन, भुवनेश्वर कुमारले २/२ विकेट लिए। दोस्रो खेल शुक्रबार हुनेछ।

Logo