शहीद स्मारक ए डिभिजन लिग आजदेखि सुरु

शहीद स्मारक ए डिभिजन लिग आजदेखि सुरु

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ए डिभिजन लिग ०७८ शुक्रबारदेखि सुरु भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४:४५ बजेदेखि ए डिभिजन लिग सुरु भएको हो।

उद्‌घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लड लाइटमा खेलाएको जनाएको छ।

नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ वटा क्लबले प्रतिस्पर्धा गर्दैछन्। लिगको विजेताले नगद ७५ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

Logo