प्रशिक्षक जाभीको बार्सिलोनामा सुखद् सुरुआत

प्रशिक्षक जाभीको बार्सिलोनामा सुखद् सुरुआत

केन्द्रबिन्दु
0
Shares

स्ट्राइकर मेम्फिस डिपाएको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जीत निकालेको छ। शनिबार राति भएको खेलमा क्याटलन क्लब बार्सिलोनाले स्पानियोललाई १-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जीतमा मेम्फिस डिपेले निर्णायक गोल गरे। खेलको ४८औं मिनेटमा डिपाएले पेनाल्टीमा गोल गरेका हुन्। बाँकी समय दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। 

जीतसँगै मुख्य प्रशिक्षक जाभी होर्नाण्डेजले प्रशिक्षकको रुपमा बार्सिलोनामा सुखद सुरुआत गरेका छन्। बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका जाभी गत महिना मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

जीतसँगै बार्सिलोनाले १३ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। स्पानियोल १७ अंक जोडेर १३औं स्थानमा छ।

Logo