इंग्लिस फुटबल लिग कप (इएफएल) मा चेल्सीले फराकिलो जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब बान्सलेमाथि ६–० को फराकिलो जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । यसै सिजन अनुबन्धित भएका जर्मन मिडफिल्डर काई हाभर्टजले ह्याट्रिक पुरा गर्दा ट्याम्मी अब्राहम, रोस बार्कली र ओलिभर जिरुउडले पनि समान एक गोल गरे ।
खेलको १९औं मिनेटमा चेल्सीका ट्याम्मी अब्राहमको गोलबाट अग्रता लिएकाे थियो । २८औं मिनेटमा हाभर्टजले चेल्सीका लागि डेब्यु गोल गरे । ४९औं मिनेटमा रोस बार्कलीले गोल गरेपछि चेल्सी फरालिो जिततर्फ अग्रसर बन्यो । ५५औं मिनेटमा हाभर्टजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि चेल्सीले खेलमा ४–० को आरामदायी अग्रता लियो । ६५औं मिनेटमा हाभर्टजले गोल गर्दै ह्याट्रिक पुरा गरे । ८३औं मिनेटमा ओलिभर जिरुउडले बेन चिलवेलको पासमा गोल गर्दै चेल्सीलाई ६–० को जित दिलाए ।





























प्रतिक्रिया