इंग्लिस प्रिमियर लिगः म्यानचेष्टर सिटी र टोटेनहमको जीत

इंग्लिस प्रिमियर लिगः म्यानचेष्टर सिटी र टोटेनहमको जीत

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी र टोटेनहमले जीत हात पारेका छन्। आइतबार राति भएका खेलमा सिटीले एभरर्टनलाई ३-० ले पराजित गरेकाे हाे भने टोनेनहमले भने लिड्स युनाइटेडमाथि २–१ को कठिन जीत निकाल्यो। 

घरेलु मैदान इतिहादमा सिटीलाई जिताउन स्टर्लिङ, रोड्री र बर्नाडो सिल्भाले १-१ गोल गरे। खेलको ४४ मिनेटमा स्टर्लिङले गोल गर्दै सुरुआती अग्रता बनाए। ५५ मिनेटमा रोड्रीले बक्स बाहिरबाट दोहोरो अग्रता बनाए। ८६ मिनेटमा सिल्भाले गोल गर्दै टोलीलाई ३-० को जीत दिलाए। 

जितसँगै सिटीले लिभरपुललाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएकाे छ। 

घरेलु मैदानमा टोटेनहमले लिड्सलाई २–१ ले हराएकाे छ। टोटेनहमले पुनरामगन जीत निकालेको हो। लिड्सका ड्यानिएल जेम्सले ४४ मिनेटमा अग्रता बनाए।

५८औँ मिनेटमा पिएर एमिलीले गोल गरे। यस्तै सर्जियो रेगुइलोनले खेलको ६९ मिनेटमा गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाए। जीतसँगै प्रशिक्षक एन्टोनियो कोन्टेले प्रिमियर लिगमा जीतबाट आफ्नो यात्रा सुरु गरेका छन्। 

प्रिमियर लिगमा १२औँ चरणका खेल सकिँदा २९ अंक जोडेर चेल्सी शीर्ष स्थानमा छ। २६ अंक बनाएको सिटी दोस्रो स्थानमा उक्लियो। लिभरपुल २५ अंकसहित तेस्रो स्थानमा छ। टोटेनहम भने १९ अंक बनाएर सातौँ स्थानमा छ। 

Logo