इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ। बिहीबार राति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे।
टोटनहमको जितमा ह्युङ मिन सनले १ गोल गर्दा अर्काे गोल भने उपहार पायो। भ्रमणकारी टोली ब्रेन्टफोर्डंका सर्जी कानोसले १२औँ मिनेटमा आफ्नै पोष्टमा गोल गर्दा टोटनहमले १–० को अग्रता पायो। ६५औँ मिनेटमा दक्षिण कोरियाली खेलाडी सनले अग्रता दोब्बर बनाउँदै सहज जित दिलाए।
योसँगै प्रशिक्षक एन्टोनियो कोन्टेले लण्डनमा लगातार जित पाएका छन्।
जितसँगै टोटनहम १३ खेलबाट २२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ। पराजित ब्रेन्टफोर्ड भने १४ खेलबाट १६ अंकसहित १२औँ स्थानमा छ।





























प्रतिक्रिया