रोहित चन्दको निर्णायक गोलमा पर्सिजाको जित

रोहित चन्दको निर्णायक गोलमा पर्सिजाको जित

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्रिय टिमका सदस्य रोहित चन्दको निर्णायक गोलमा पर्सिजा जकार्ताले पाँचौं जित निकालेको छ। 

शुक्रवार भएको इन्डोनेसियाको लिग वानको खेलमा जाकर्ताले तिरा पेर्सिकाबोलाई १-० गोल अन्तरले हराएको हो।

जकार्ताको जितमा नेपाली खेलाडी रोहित चन्दले निर्णायक गोल गरे। उनले खेलको ५०औं मिनेटमा काउण्टरमा अगाडी बढ्दै गोल गरेका थिए।

जितसँगै जकार्ता १५ खेलमा २१ अंक जोड्दै नवौं स्थानमा रहेको छ। पेर्सिकाबो १५ अंक जोडेर १३औं स्थानमा रहेको छ।

Logo