बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि सेनाका रत्नजित तामाङले जितेका छन्।
सेनाको वर्चस्व रहेको प्रतियोगितामा रत्नले सेनाकै नवीन श्रेष्ठ माथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधि उचालेका हुन्।
रत्नले उपाधिका साथै नगद १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे। दोस्रो भएका नवीनले नगद ६५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे।
मंसिर १५ देखि सुरु भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी रसिला महर्जनले सेनाकै अमिता गिरीमाथि जित निकाल्दै उपाधि कब्जा गरिन्।
उनले उपाधि हात पार्ने क्रममा गिरीमाथि २१–१६, २१–१६ को समान अन्तरले पराजित गरिन्। रशिलाले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे।
उच्च २० बरियतादेखि बाहेकका पुरुष युगल तर्फको खेलमा कास्कीका विधान अधिकारी र विशाल खड्काले उपाधि जिते। अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधि उचालेका हुन्। पुरुष युगल तर्फ विजयी र उपविजयी खेलाडीहरूले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे।





























प्रतिक्रिया