युभेन्ट्स पाँचौं स्थानमा उक्लियो

युभेन्ट्स पाँचौं स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ए मा आठौँ जित निकाल्दै युभेन्ट्स पाँचौ स्थानमा उक्लिएको छ। 

आइतबार राति घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० अन्तरले पराजित गरेको हाे। 

युभेन्ट्सको सहज जितमा जुआन कोर्डाडो र पाउलो डिबालाले गोल गरे। जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ। पराजित जिनोआ १० अंक जोडेर १८औँ स्थानमा रहेको छ।

१६ खेलमा ३८ अंक जोडेको एसि मिलान शीर्ष स्थानमा छ।

Logo