इंग्लिस प्रिमियर लिगः ब्रेन्टफोर्डको पुनरागमन जित

इंग्लिस प्रिमियर लिगः ब्रेन्टफोर्डको पुनरागमन जित

केन्द्रबिन्दु
0
Shares

ब्रायन एमबेउमोले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपछि नवप्रवेशी ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ। 

शुक्रबार राति घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियमा भएको खेलमा ब्रेन्टफोर्डले वाट्फोर्डलाई २-१ अन्तरको पराजित गरेको हो । 

प्रतिस्पर्धात्मक  खेलमा भ्रमणकारी टोली वाट्फोर्डका इमानुयल डेनिसले २४औं मिनेटमा गोल गरे । घरेलु टोलीका पोन्टुस जानसनले ८४ मिनेटमा बराबरी गोल गरे।

९० मिनेटपछि थपिएको ५ मिनेटमा गोल गर्दै एमबेउमोले गोल गरेसँगै घरेलु टोलीले पाँचौँ जित निकालेको हो । 

जितसँगै ब्रेन्टफोर्ड १६ खेलबाट २० अंक जोड्दै नवाैँ स्थानमा छ। यता, पराजित वाट्फोर्ड भने समान खेलबाट १३ अंकसहित रेलिगेशन जोनबाट बच्ने संघर्ष गर्दैछ। जारी लिगमा १५ खेल खेलेको म्यानचेष्टर सिटी ३५ अंक सहित शीर्षस्थानमा छ। 

Logo